गण्डकीले आज हेल्प नेपालसँग प्रतिस्पर्धा गर्दै

पाेखरा | माघ ३, २०८०

गण्डकीले आज हेल्प नेपालसँग प्रतिस्पर्धा गर्दै

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा आज घरेलु टोलि गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौसँग प्रतिस्पर्धा गर्दै छ । 


उपाधि दावेदार दुवै टोलिमा ३/३ जना विदेशी खेलाडी रहेका छन् । उक्त खेल दिउँसो २:३० बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । समूह ‘बी’मा रहेको हेल्प नेपालले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


यस्तै पुरुषतर्फको दोस्रो खेलमा नेपाल पुलिस क्लबले आमन्त्रित श्रीलंकाको आर्मीसँग १२:३० बजे प्रतिस्पर्धा गर्नेछ । नेपाल एपिएफ क्बलसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा पराजित गरे मात्र अघिल्लो चरणमा प्रवेश गर्नेछ । समूह ‘बी’मा रहेको श्रीलंका आर्मी र एपिएफको ३/३ अङ्क रहेको छ भने, नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । 


यस्तै आज महिला तर्फ गतवर्षको उपाधि विजेता नेपाल एपिएफले घरेलु टोलि गण्डकी प्रदेशसँग बिहान ८:३० बजे प्रतिस्पर्धा गर्ने छ । उक्त खेलमा एपिएफ विजयी भए समूह ‘ए’को विजेताको बन्दै सेमिफाइनलमा प्रवेश गर्ने छ । यस समुहमा नेपाल पुलिस क्लब ४ अङ्कसहित शिर्षस्थानमा छ । 


यस्तै दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस् क्लबले हरियाणा टिम भारतसँग बिहान १०:३० बजे प्रतिस्पर्धा गर्दै छ । डायमण्ड समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । 


यस खेलमा भारतको हरियाणा टिम जित्नै पर्ने दवावमा रहेको छ । यस खेलमा डायमण्ड विजयी भए त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्नेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्